#खेलकुद #समाचार

प्रधानमन्त्री ओलीद्वारा ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ को उद्घाटन

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको सातदोबाटोमा बनेकाे ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ को आज उद्घाटन गर्नुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीहरूलाई नियमित रूपमा प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न प्रशिक्षण स्थलका रूपमा नेशनल हाई पर्फमेन्स सेन्टरको स्थापना गरेको हो ।

सेन्टरमा एकै पटक एक सय जनाभन्दा धेरै खेलाडीले अभ्यास गर्न सक्नेछन् । सेन्टरमा खेलकुद क्षेत्रलाई आवश्यक पर्ने अत्याधुनिक प्रविधिसहितको ३१ वटा उपकरण राखिएको छ ।

अमेरिका, बेलायत, जर्मनी, दक्षिण कोरियालगायतका देशबाट उपकरण ल्याइएको हो । ती उपकरणले खेलाडीमा देखिएको समस्या र कमी–कमजोरी पत्ता लगाउन सहयोग पुग्ने राखेपको विश्वास छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *