#खेलकुद #समाचार #समाज

पत्रकार समदर्शी खेलकुद विकास बोर्डबाट सम्मानित

विराटनगर । पत्रकारिताको माध्यमबाट खेलकुदको विविध क्षेत्रमा विशेष योगदान पुर्याएको उल्लेख गर्दै पत्रकार रमेश समदर्शी राईलगायत सञ्चारकर्मीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डले शनिबार विराटनगरमा सम्मान गरेको छ ।

न्यूज सञ्जाल डटकमका सम्पादक समदर्शी नेपाल खेलकुद पत्रकार मञ्च झापाका संस्थापक अध्यक्ष हुन् । उनी हाल अर्जुनधारा प्रेसक्लबका अध्यक्षसमेत हुन् । झापाका समदर्शीसहित मोरङ र सुनसरीका सञ्चारकर्मीहरू अभयकुमार राई, सुमन सुस्केरा र रमा दाहाललाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

सोही कार्यक्रममा उद्योगी, प्रशिक्षक, खेलाडी, व्यवस्थापक र कर्मचारीहरूसमेत सम्मानित भएको कार्यक्रममा जनही ५ हजारदेखि १२ हजार रुपैयाँसम्मको नगद प्रदान गरिएको थियो । राष्ट्रपति रनिङ शिल्ड, अन्तरप्रदेश, राष्ट्रियस्तरीय प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरिएको थियो ।

उद्योगी महेश जाजू र प्रकाश मुन्दडालाई निजी क्षेत्रबाट खेल प्रवर्धनमा पु¥याएको योगदानका लागि जनही ११ हजार रुपैयाँसहित सम्मान गरियो ।

पूर्वअन्तर्राष्ट्रिय खेलाडी धीरेन्द्र प्रधान, सिद्धान्त लोहनी, महेश रिजाल, लवभक्त श्रेष्ठ, जितेन्द्र चौधरी, किरण लामा तामाङलगायतलाई समेत दीर्घकालीन योगदानको कदर स्वरूप सम्मान गरियो ।

सम्मान समारोहमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेल पूर्वाधार निर्माणलाई सरकारको प्राथमिकतामा राखिएको जानकारी दिँदै आगामी आर्थिक वर्षमा ६ अर्ब रुपैयाँ विनियोजन गरिएको बताए ।

कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्ड अध्यक्ष पाँचकर्ण राई, उपाध्यक्ष विन्ध्या कार्की र सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) सहितले पुरस्कृत तथा सम्मान गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *