#राजनीति #समाचार #समाज

झुटा प्रचारबाजीमा जवाफ दिन आवश्यक छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै भएको आफ्नो स्पेन भ्रमण सफल भएको र भ्रमणको सफल पक्षलाई ओझेल पार्ने गरी केहीले स्पेनमा मान्छे छाडेर आयो भनेर झुटा प्रचार गरेको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँले यस्ता विषयमा जवाफ दिन आवश्यक नभएको टिप्पणीसमेत गर्नुभएको छ ।

आज झापामा मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मेची महाकालीसम्म थालेका कामसक्ने अभियानमा सरकार रहेको बताउनुभयो ।

विश्व बैंकको सहयोगमा दमक नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको यो सडक नेपालभरबाट छानिएका १७ सडकमध्येको एउटा हो । ४४ करोड २४ लाख रुपैयाँ लागतमा निर्मित ४ दशमलव ८६ किलोमिटर सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ ।

प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा रङ्गशाला निर्माणको घोषणा पनि गर्नुभएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *