#समाचार #समाज

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा यतिबेला आंशिक बदली छ । कतिपय ठाउँमा बिहानैदेखि घाम चर्को लागेको छ ।

राति देशभर हल्कादेखि मध्यम वर्षा भएको थियो । आज पनि सबैजसो प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । राति कोशी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *