अधुरो जीपी भवन पूरा गर्नेे प्रधानमन्त्री ओलीको प्रतिबद्धता

द्रोण अधिकारी, भद्रपुर । विगत ६ वर्षयता म्याद थप नहुँदा निर्माण कार्य रोकिएर अलपत्र परेको सदरमुकाम चन्द्रगढीमा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको निर्माण कार्य अघि बढाउने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता जनाएका छन् । भद्रपुरका नगर प्रमुख गणेश पोखरेल नेतृत्वको टोलीसित प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भवन निर्माणमा रहेका समस्या हल गरेर निर्माण […]

दक्षिण कोरियामा डढेलाे : ज्यान गुमाउनेकाे सङ्ख्या २७ पुग्याे

दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रको जङ्गलमा लागिरहेको डढेलो परी ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा २७ पुगेको छ । डढेलोमा परी ३२ जना घाइते भएका दक्षिण कोरियाको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो ६० र ७० वर्ष उमेर समूहका छन् । डढेलोका कारण हजारौं मानिस विस्थापित भएका छन् । एक हजार तीन सय […]

काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाउन मानव अधिकार आयोगको निर्देशन

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले भोलि हुने विभिन्न प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोजकलाई अपील गरेको छ । आयोगले विज्ञप्ति निकालेर समाजवादी मोर्चा र राजावादी समूहलाई प्रदर्शन शान्तिपूर्ण बनाउन अपील गरेको हो । प्रदर्शनीका क्रममा दुवै पक्ष भेट हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्ति सुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति आयोगले चासो व्यक्त गरेको […]

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा सर्वोच्चमा रिट, शुक्रबार पेसी

काठमाडौँ, १४ चैतः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । रिट निवेदनमा आफ्नो सेवाको सर्तअन्तर्गत मन्त्रिपरिषद्ले निर्धारण गरेको चार वर्षको पदावधिलाई सम्झौताको दफा ३.१ म २०७७ माघ २९ गतेदेखि २०८१ माघ २८ सम्म कायम गरेको भन्दै त्यसको न्याय निरुपण नगरी थप प्रक्रिया अघि नबढाउन माग गरिएको छ […]

कुलमानको विषयलाई लिएर संसद अवरोध गर्नु गलतः महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउँदा संसद अवरोध गर्नु गलत भएको बताउनुभएको छ । बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । महामन्त्री शर्माले सरकारले कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षीहरुको माग गलत भएको बताउनु भयो । अदालतमा […]

एमालेले चैत्र ३० गते दमकमा बृहत जनसभा गर्ने, १ लाख कार्यकर्ता उतार्ने

झापा, १४ चैत्र : नेकपा एमालेले चैत ३० गते दमकमा बृहत जनसभा गर्ने भएको छ । जनसभामा १ लाख कार्यकर्ता उतार्ने तयारी गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले जानकारी दिनुभयो । दमकमा प्रेस चौतारी झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेता राईले प्रतिगामीहरुलाई टाउको उठाउन नदिन एमालेले […]

गणतन्त्रवादीलाई १५ गतेको जनप्रदर्शनमा उपस्थित हुन समाजवादी मोर्चाको आह्वान

काठमाडौं । चैत्र १५ गते काठमाडौंमा गर्ने जनप्रदर्शनमा उपस्थित हुन समाजवादी मोर्चाले गणतन्त्रवादीहरुलाई आह्वान गरेको छ । बुधवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले मोर्चाको तर्फबाट १५ गते हुने जनप्रदर्शनमा सहभागी हुन आह्वान गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले मोर्चाको तर्फबाट १५ गते […]

पाउपाथीभरामा शिव महापुराण ज्ञान महायज्ञको सम्पूर्ण तयारी पुरा

कनकाई  ।चन्द्र बस्नेत, झापा मेचीनगरको चाराआली स्थित पाउपाथीभरा मन्दिर परिषरमा शिव महापुराण एघार दिवसीय  ज्ञान महायज्ञको सम्पूर्ण तयारी पुरा भएको छ । समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानवकल्याणल र विश्व  शान्तिको कामनाका साथै  धार्मिक धामको सुदृढ व्यवस्थापन होस् भन्ने उदेश्यका साथ शिव महापुराण एघार दिवसीय  ज्ञान महायज्ञको सम्पुर्ण तयारी पूरा भएको आयोजक परिवारले जनाएको छ। […]

सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायज्ञको आयव्यय सार्वजनिक

बिर्तामोड। झापाको अर्जुनधारा १ साधुटारमा रहेको श्री शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठसालामा लागेको सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ।   संस्थाका बरिष्ठ उपाध्यक्ष पंडित शान्तीराम नेपालको अध्यक्षता तथा  पूर्व संस्थापक तथा संरक्षक पंडित केदारनाथ खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मदनकुमार ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए। संस्थाको ४९ औं बार्षिकोत्सवको अवसरमा गत माघ […]