चर्च ब्वाइज झापा कपको फाइनलमा

बिर्तामोड, पुस ५ । सिरहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित हात पार्दै लिग लिडर चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा आयोजित झापा कपको फाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । चर्चको जितका लागि एक मात्र गोल विदेशी खेलाडीको नाममा रह्यो । खेलको ८१ औँ मिनेटमा […]

झापा कपको पहिलो सेमिफाइनलमा आज सलहेश र चर्च ब्वाइज खेल्दै

झापा – प्रथम झापा कप फुटबलमा आजदेखि  सेमिफाइनलका खेल शुरू हुँदैछन् । पहिलो सेमिफाइनलमा आज सिरहाको सलहेश फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् । बिर्तामोडको डोमालाल राजवंशी मैदानमा हुने खेल दिउँसो २ बजेपछि शुरू हुने छ । काठमाण्डौको एनआरटी क्लब र इटहरीको राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा पुगेका छन् । झापा–११ फुटबल क्लबको आयोजनामा भइरहेको […]

एनआरटी झापा कपको सेमिफाइनलमा प्रवेश

बिर्तामोड, पुस ४ । कप्तान अञ्जन विष्टको ह्याट्रिकको मद्दतले एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ एफसीमाथि ५–१ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । बिहीबारको खेलसँगै जारी प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औँ मिनेटमा […]

रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाण्डाै – गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा) का सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ । प्रहरी प्रमुख आईजीपी वसन्तबहादुर कुँवरलाई बोलाएर रवि लामिछानेकाे तस्वीर सार्वजनिक भएकाे विषयमा छानबिन गरेर सार्वजनिक गर्ने जाेसुकै भए पनि कारबारी गर्न निर्देशन दिनुभएको हो । आईजीपी कुँवरले यो विषयमा प्रहरीले […]

प्रथम झापा कप : चर्च ब्वाइज सेमिफाइनलमा

बिर्तामोड, ३ पुस । गतवर्ष डोमालाल रंगशालामा भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड प्रथम झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३–० गोलले हराउँदै अन्तिम चार स्थान पक्का गरेको हो । चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ […]

एनपीएलको फाइनल प्रवेशका लागि सुदूर र जनकपुरबीच ‘हाई भोल्टेज’ भीडन्त

३ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुने छ । यस खेललाई हाइ भोल्टेज भिडन्तका रूपमा पनि लिन सकिन्छ । शीर्ष दुईमा रहेर लिग सकाएकाले दुवै टोलीलाई हाइली क्यापेबल टिमका रूपमा लिन सकिन्छ । […]

झापा कपको दोस्रो क्वाटरफाइनमा इटहरीको राष्ट्रिय जागृति र भारतको जीटीए दार्जिलिङको खेल आज

काठमाण्डौ – प्रथम झापा कपको दोस्रो क्वाटरफाइनमा आज इटहरीको राष्ट्रिय जागृति र भारतको जीटीए दार्जिलिङ क्लब खेल्नेछन् । विर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा दिउँसो दुई बजेपछि खेल शुरू हुने छ । यसअघि हिजोको पहिलो क्वाटरफाइनलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई हराउँदै सिरहाको सलहेश युवा क्लब सेमिफाइनलमा पुगेको छ । झापा–११ फुटबलको क्लबको आयोजनामा भइरहेको प्रतियोगिता यही पुस आठ […]

पीएल सिंहको निधनको शोकमा कांग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने

काठमाण्डौ महानगरपालिकाका पूर्वमेयर एवम् नेपाली कांग्रेसका पुराना नेता प्रेमलाल अर्थात् पीएल सिंहको निधनको शोकमा नेपाली कांग्रेसले तीन दिनसम्म देशभरका पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । आज बसेको कांग्रेस आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले सिंहको निधनमा शोक प्रस्ताव पारित गर्दै आज, भोलि र पर्सि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय […]

वीरता लेडी जेसीजमा भाँडभैलो

बिर्तामोड । वीरता लेडि जेसीसमा नया नेतृत्व चयनको बिषयलाई लिएर एक  समुहले निर्वाचन प्रक्रिया बहिष्कार गरेको छ । अध्यक्ष मैनुका ओली र निर्वाचन अधिकृत संगिता गिरीको मिलेमतोमा एकलौटी रुपमा नेतृत्व चयन गरिएको भन्दै असन्तुष्ट समुहले बहिस्कार गरेको हो । गिरी र ओलीले संस्थामा निरंकुस व्यवहार गरेको उनीहरुको आरोप छ । उनिहरुले आफू अनुकुलका नेतृत्व चयन […]

अपाङ्गता भएका व्यक्तिहरुको लागि शिविर आयोजना हुने

बिर्तामोड, २ पुस : बिर्तामोडमा पुस ५ गतेदेखि अपाङ्गता भएका व्यक्तिहरुको लागि शिविर आयोजना हुने भएको छ । करुणा फाउण्डेसनसंगको सहकार्यमा सञ्चालित अपाङ्ग‌ता रोकथाम तथा पुन: स्वापना कार्यक्रम अन्तर्गत नगरका सबै वडामा अपाङ्‌ग‌ता भएका व्यक्तिहरुको पहिचान तथा स्वास्थ्य परिक्षण शिविर संचालन हुने भएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले शिविर सम्पन्न गर्नका लागि सबैले […]