एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटिको बैठकले तत्काल कुनैपनि कम्युनिष्ट पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ । पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकबाट पार्टी यस्तो निस्कर्षमा पुगेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताउनु भयो । उहाँले राष्ट्रिय ऐजेण्डाहरुमा सहकार्यको सम्भावना सधैं जीवित रहेपनि पार्टी एकताको सम्भावना नरेहको बताउनु भयो । उहाँ राष्ट्रिय एजेण्डाहरुमा […]

सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो

१ पुस ।   आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँले बढेर एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ५० हजार आठ सय रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउमा भने […]

चर्चित भारतीय तबलावादक जाकिर हुसेनको निधन

काठमाडौँ, १ पुस : चर्चित भारतीय तबलावादक जाकिर हुसेनको निधन भएको छ । उनको अमेरिकास्थित सान फ्रान्सिस्को अस्पतालमा उपचारका क्रममा सोमवार निधन भएको हो । ७३ वर्षीय जाकिर फोक्सोसम्बन्धी रोगका कारण ग्रसित थिए । परिवारका अनुसार उनी केही हप्तादेखि अस्पतालमा उपचाररत थिए । विश्व चर्चित तबलावादक जाकिर भारतमा निकै लोकप्रिय थिए । उनले शिक्षकका रुपमा समेत […]

झापाका दुई स्थानमा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु

बिर्तामोड। झापामा मोटरसाइकल दुर्घटनामा परेर तीनजनाको् मृत्यु भएको छ । गएराति १०बजे दमक नगरपालिका-१० सेतुमारी चोकनजिक भित्री सडकखण्डमा सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदैं गरेको प्रदेश न १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ रतुवामाई नगरपालिका- ८ बस्ने २७ वर्षीय बिराज थापा, सोही मोटरसाइकलमा सवार गौरादह नगरपालिका-५ बस्ने ३२ वर्षीया जमुना […]

वीरता लेडी जेसिज सन २०२५को अध्यक्षमा निशा शाक्य निर्बाचित

बिर्तामोड, ३० मंसिर ।  वीरता लेडी जेसिज सन २०२५को अध्यक्षमा निशा शाक्य निर्बाचित हुनु भएको छ । संस्थाको आज भएको निर्बाचनमा शाक्य निर्बाचित हुनु भएको हो । शाक्यले ८२ मत प्राप्त गर्नु भएको निर्बाचन अधिकृत संगिता गिरीले जानकारी दिनुभयो । निर्बाचन प्रक्रियामा शाक्य र झुमा चुँडाल प्रवेश गरेपनि अन्त्यमा चुडालले आधिकारिक रुपमा नाम फिर्ता लिएपछि शाक्य […]

झापा कप फुटबल : राष्ट्रिय जागृति क्लबले झापा–११ लाई २–० गोलले हरायो

३० मङ्सिर, झापा । प्रथम झापा कप फुटबल प्रतियोगितामा आज राष्ट्रिय जागृति क्लब इटहरीले आयोजक झापा–११ फुटबल क्लबलाई २–० गोलले हराएको छ । विर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा आज भएको खेलमा राष्ट्रिय जागृतिका मिलन राईले नै दुई गोल गरे । यो जीतसँगै राष्ट्रिय जागृति क्लब इटहरी क्वाटरफाइनलमा प्रवेश गरेको छ भने पराजित आयोजक झापा–११ प्रतियोगिताबाट बाहिरिएको […]

पोखरालाई ५ रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जर्सलाई पाँच रनले हराएको छ । सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभर चार बलमा एक सय ४८ रनमा अलआउट भयो । पाखेराका एन्ड्रीस गोसले सबैभन्दा धेरै ३६ रन बनाए । यस्तै रेमन रेफरले ३३ र किरण थगुन्नाले अविजित ३२ रन […]

आम नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाण्डौ – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आम नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ । एमाले केन्द्रीय सङ्गठन विभागले काठमाण्डौमा आयोजना गरेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने राष्ट्रिय कार्यशालालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जस्तो परिस्थिति आउँछ, त्यसैगरी सामना गर्न सक्ने खालको […]

उधौली पर्व मनाउँदै किरात समुदाय

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आइतबार पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् । […]

एनआरटीले चुम्यो इलाम गोल्डकपको उपाधि

इलामको ठूलो टुँडिखेलमा सञ्चालित दोस्रो संस्करणको इलाम गोल्डकप उपाधि न्युरोड टिम एनआरटीले जितेको छ ।  शनिबार भएको फाइनलमा लिग विजेता चर्च ब्वाइजलाई ३–० गोलान्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन एनआरटीले उपाधि दोहोर्‍याएको हो । एनआरटीको विजयमा विदेशी खेलाडी नेमारले १ र अञ्जन विष्टले २ गोल गरे । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको एनआरटीले दोस्रो हाफमा […]