पत्रकार महासंघ इलाममा चापागाई नेतृत्वको प्यानल विजयी

नेपाल पत्रकार महासंघ इलामको अध्यक्षमा भीम चापागाई निर्वाचित हुनुभएको छ । अन्तिम मतपरिणाम अनुसार चापागाई ३५ मतका साथ विजयी हुनुभएको निर्वाचन अधिकृत सोम सुसेलीले जानकारी दिनुभयो । अध्यक्ष पदका प्रत्यासी राम योङहाङलाई ३ मतान्तरले पराजित गर्दै चापागाई प्यानल सहित निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा लोकेन थेबे, कोषाध्यक्षमा भगिरथ भण्डारी, दलित सदस्यमा योगेन्द्र शखर निर्विरोध निर्वाचित […]

झापा कप फुटबल प्रतियोगितामा आर्मीको विजयी शुरुवात

झापाको बिर्तामोडमा आजदेखि शुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी शुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान बनाएको छ । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई र निरज चौधरीले गोल गरे । […]

“दिव्य दृष्टि” नामक पुस्तक लोकार्पित, पत्रकार काजी सम्मानित

भद्रपुर, २९ मंसिर । लागूपदार्थविरुद्धको देशव्यापी अभियानलाई थप प्रभावकारी बनाउनका लागि चेतना नेपालले भद्रपुरमा अभियानता इन्द्रप्रसाद ओलीद्वारा लिखित “दिव्य दृष्टि” नामक पुस्तकको लोकार्पण सम्पन्न गरेको छ। जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा सभापतित्व दाताराम सिटौलाले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी, र विशिष्ट अतिथिका रूपमा पूर्व सांसद पुष्पराज पोखरेलको उपस्थिति […]

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । अहिले बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाण्डौ गुर्खाज तथा दिउँसो १ बजे चितवन राइनोज र जनकपुर बोल्ट्सले खेल्दैछन् । जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ । आज खेल्ने अरू तीन वटा टोलीको पनि क्वालिफायर पुग्ने गणितीय सम्भावना कायमै छ । […]

राष्ट्रपति पौडेलले पाँच वटा देशका लागि राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच वटा देशका लागि राजदूत नियुक्त गर्नुभएको छ । नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उहाँहरूलाई नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार प्रकाशमणि पौडेललाई गणतन्त्र पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्रा. डा. कपिलमान श्रेष्ठलाई गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा. शिवमाया तुम्बाहाङफेलाई गणतन्त्र कोरियाका […]

चितवनलाई हराउँदै विराटनगरकाे दाेस्राे जीत

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले दाेस्राे जीत हात पारेकाे छ । विराटनगरले चितवन राइनोजलाई ५१ रनले हरायो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रनमात्र बनाउन सक्यो । चितवनका अमर रौटेलाले सबैभन्दा धेरै ४२ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछानेले […]

नेपाल पत्रकार महासंघ झापाकाे भाेलि चुनाव, संयुक्त व्यवसायिक प्यानल झापाको घोषणा

नेपाल पत्रकार महासंघ झापाका अग्रज पत्रकारहरुको उपस्थितीमा बिहीबार नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपाल सम्मिलित संयुक्त व्यवसायिक प्यानल झापाको घोषणा गरिएको छ । भोलि हुने पत्रकार महासंघको झापा जिल्ला समिति, प्रदेश केन्द्रको निर्वाचनका लागि बिर्तामोडमा बिहीबार आयोजित कार्यक्रम माझ त्यसखाले प्यानलको घोषणा गरिएको हो । पूर्व अध्यक्षहरु माधव विद्रोही, मोहनकाजी, भीम नेम्वाङ र गणेश […]

एनपीएलमा विराटनगरले पोखरालाई दियो १ सय ४० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई एक सय ४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा सात विकेट गुमाएर एक सय ३९ रन बनायो । विराटनगरका स्कट एडवार्डस्ले सर्वाधिक ४५ रन बनाए । पोखराका सागर ढकाल र रेमन रेइफरले समान दुई विकेट लिए । […]

पत्रकार महासंघ इलामको अध्यक्षमा चापागाईंको उम्मेदवारी

नेपाल पत्रकार महासंघ इलाम शाखाको नयाँ नेतृत्वका लागि पत्रकार भीम चापागाईंले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यही मंसिर २८ मा हुने निर्वाचनमा महासंघको वर्तमान इलाम शाखा सचिव रहेका चापागाईंले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । इलामस्थित नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र स्वतन्त्र पत्रकारसहित संयुक्त व्यावसायिक प्यानलबाट चापागाईं साझा उम्मेदवार बनेको युनियन अध्यक्ष सविता […]

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो । उनलाई साढे सात वर्ष कैद गर्न माग गरिएको हो । योभन्दा अगाडि पनि मुद्दा चलेको हुनाले कानुनी व्यवस्थाभन्दा डेढी सजाय हुने व्यवस्थाअनुसार मुद्दा दर्ता भएको हो । प्रसाईंले प्रधानमन्त्री केपी […]