प्रहरीले रवि लामिछानेलाई फेरि पोखरा पुर्‍यायो

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई फेरि पोखरा पुर्‍याएको छ । पर्सामा बयान सकिएपछि लामिछानेलाई हिजो काठमाण्डौ विमानस्थल हुँदै पोखरा पुर्‍याएको प्रहरीले जनाएको छ । सहकारी ठगीको आरोपमा कात्तिक २ गते पक्राउ गरेर पोखरा पुर्‍याइएका लामिछानेसँग प्रहरीले कास्की, रुपन्देही, चितवन, काठमाण्डौ र पर्सामा बयान लिइसकेको छ । लामिछानेमाथि सहकारी ठगीसहित […]

एनपीएल क्रिकेट : कप्तान रोहितको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीको पहिलो जीत, चितवन ३३ रनले पराजित

२५ मङ्सिर ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आफ्नो पाँचौँ खेलमा लुम्बिनी लायन्सले पहिलो जीत निकालेको छ । आज बिहान भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हरायो । जीतसँगै लुम्बिनीको पाँच खेलमा दुई अङ्क भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको […]

झापा नाटक घरमा नाटक ‘परिबन्ध’को मञ्चन शुरु

बिर्तामोड । नेपाली समाजको समसामयीक घटनाको चित्रण गर्ने नाटक ‘परिबन्ध’ को झापामा मञ्चन सुरु भएको छ । बिर्तामोडको झापा नाटक घरमा सोमबार प्रिमियर–शो गर्दै नाटक मञ्चन सुरु गरिएको हो । क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा मञ्चन सुरु भएको नाटकको पहिलो शो हेर्ने दर्शकहरुले खुलेर प्रशंसा गरेका छन् । कथावस्तु र कलाकारहरुको अभिनयले नाटक उत्कृष्ट बनेको उनीहरुले प्रतिक्रिया […]

एनपीएल : लुम्बिनी लायन्सले चितवन राइनोजलाई १ सय ६८ रनको लक्ष्य दियो

२५ मङ्सिर ।   नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई एक सय ६८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले ६ विकेट गुमाएर एक सय ६७ रन बनायो । लुम्बिनीका कप्तान रोहित पौडेलले सबैभन्दा धेरै ८० रन बनाए । यस्तै साद बिन जफरले ५२ रन बनाए । […]

प्रधानमन्त्री ओलीद्वारा खानेपानी आयोजनाको उद्घाटन , पाँच सय भन्दा धेरै घरघुरी लाभान्वित हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका– ३ मा बनेको बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, संचार, उद्योग र सरसफाइ आदिका आयोजना सञ्चालन गर्ने बताउनुभयो । उहाँले नागरिकले घरमै धारो खोलेर पानी पिउन पाउँदा आफूलाई आनन्द […]

आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार […]

नाबालिका करणी गरेको अभियोगमा बिर्तामोडका पूर्व मेयर शिवाकोटी पक्राउ

झापा । नाबालिकालाई करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । शिवाकोटीमाथि आफ्नै घरमा काम गर्ने नाबालिकालाई करणी गरेको आरोपको उजुरी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा परेको छ । सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यलय अनारमनीले पक्राउ गरेको जनाएको छ […]

मेचीनगरको मदरसामा आगलागी, तीन लाखको क्षति

मेचीनगर । मेचीनगर नगरपालिका– १४ प्रणामी नगर टोलस्थित मदरसामा आगलागी भएको छ । गएराति १२ः१० बजेतिर एकतले पक्की, माथि टिनको छाना भएको मदरसा मझारे सरिफको सभाहलमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट मदरसा आंशिक रुपमा जलेको छ । आगो प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोली, स्थानीय, मेचीनगर र भद्रपुर नगरपालिकाको दमकलको […]

कनकाई ६ का नव–निर्वाचित वडाध्यक्ष ओलीद्वारा पदभार ग्रहण

कनकाई । चन्द्र बस्नेत,  झापाको कनकाई नगरपालिका वडा न ६ का नव–निर्वाचित वडाध्यक्ष लक्ष्मीप्रसाद ओलीले पदभार ग्रहण गर्नुभएको छ । गत मंसिर १६ गते भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार ओली निर्वाचित भएसगै सोमबार आज कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नै कार्यकक्षामा सफत गराएसगै  नव–निर्वाचित ओलीले वडा कार्यलयमा पदभार ग्रहण गर्नुभएको हो । नगरप्रमुखको कार्यकक्षमा भएको सफतग्रहण कार्यक्रममा नगर […]

१८ तले ‘भ्यू टावर’को उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले दमक कम्प्लेक्स आधुनिक विकासको नमूना भएको बताउनुभएको छ । ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । विश्वका ठूला देशमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उहाँले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने […]