१८ तले ‘भ्यू टावर’को उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले दमक कम्प्लेक्स आधुनिक विकासको नमूना भएको बताउनुभएको छ । ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । विश्वका ठूला देशमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उहाँले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने […]

रवि लामिछानेमाथि राज्यले दमन गरिरहेको भन्दै रास्वपाले मानव अधिकार आयोगमा उजुरी दियो

काठमाण्डौ – थुनामा रहेका पार्टी सभापति रवि लामिछानेमाथि सरकारले मानवअधिकारकै हनन् हुने क्रियाकलाप गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोधपूर्ण व्यवहार र मानवअधिकारको ख्यालै नगरी विभिन्न गतिविधि गरिरहेको भन्दै रास्वपाले मानव अधिकार आयोगमा उजुरी दिएको हो । उजुरीमार्फत रास्वपाले सभापति लामिछानेको जीउ ज्यानको […]

नेपाली चलचित्र क्षेत्र धेरै कमजोर छः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको चलचित्र क्षेत्र धेरै कमजोर रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चलचित्र क्षेत्रमा भएका समस्याहरुको समाधान गर्न आफूहरु लागिपरेको बताउनु भयो । चलचित्र क्षेत्रमा शुरुवातमा भन्दा धेरै विकास भएको भएपनि अझै कमजोर नै रहेको उल्लेख गर्नुभयो । उहाँले […]

रामकलेवा विधि गरेसँगै विधिवत रुपमा सकियो रामजानकी विवाह

काठमाडौं । प्राचिन मिथिलाको राजधानी जनकपुरमा प्रत्येक वर्ष मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव आज रामकलेवा विधि गरेसँगै विधिवत रुपमा सम्पन्न भएको छ । अयोध्याबाट आएका जन्तीलाई मिथिला भोजन (रामकलेवा) तथा दक्षिणा प्रदान गरिएसँगै साताव्यापी रामजानकी विवाह महोत्सव विधिवतरुपमा सम्पन्न भएको हो । शुक्रबार राति रामसीताको प्रतीकात्मक रुपमा मिथिला परम्पराअनुसार विवाह भएको थियो । यस अवसरमा जानकी […]

शिखर धवनले एनपीएलका बाँकी खेल नखेल्ने

कर्णाली याक्समा आवद्ध चर्चित भारतीय क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल)को बाँकी खेल नखेल्ने भएका छन् । क्रिकेटर धवनलाई कर्णालीले चार खेल खेल्नका लागि टोलीमा अनुबन्ध गरेको थियो । उनले सम्झौताअनुसार चार खेल खेलेर स्वदेश फर्किने भएका हुन् । एनपीएलमा चार खेल खेलेका शिखरले १३६ रन बनाएका थिए । उनले विराटनगर किंग्सविरुद्ध ५, चितवन […]

पाथीभराको घण्टी बिक्री स्थगन

ताप्लेजुङ, २२ मंसिर । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ । घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि समितिले सो घण्टी बिक्री प्रक्रिया स्थगन गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले शुक्रबार जारी विज्ञप्तिमा भक्तजन, बुद्धिजीवी, सरोकारवाला र समुदायबाट प्राप्त सुझावका आधारमा घण्टी लिलामी रोक्ने […]

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य उपचारपछि आज डिस्चार्ज

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य उपचारपछि आज डिस्चार्ज हुनुभएको छ । उहाँ गएको बुधवार प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगञ्जको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको बुधवार नै प्रोस्टेटसम्बन्धी शल्यक्रिया गरिएको थियो । अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले विज्ञप्ति निकालेर राष्ट्रपति पौडेल स्वास्थ्यलाभ गरी आज दिउँसो डिस्चार्ज हुनुभएको जानकारी दिनुभएको छ । राष्ट्रपति पौडेलले […]

कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई ७ रनले हरायो

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई सात रनले हराएको छ । कर्णालीले दिएको एक सय ३३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २६ रन मात्र बनाउन सक्यो । विराटनगरका निकोलस क्रिटोनले सबैभन्दा धेरै ४० रन बनाए । कर्णालीका नन्दन यादवले तीन विकेट लिए । यस्तै विपिन […]

एनपीएलमा सुदूरपश्चिमसँगको खेलमा लुम्बिनी टस जितेर बलिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले टस जितेको छ । सुदूरपश्चिम रोयल्ससँगको खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् ।लुम्बिनीले यसअघिका दुवै खेल हारेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित रहेको छ । चार अङ्कसहित सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ भने खाता खोल्न नसकेको लुम्बिनी पुछारमा छ […]

पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि १३३ जनाको उम्मेदवारी

काठमाडौँ, २२ मंसिर । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि सत्तारूढ र विपक्षी दल नजिकका पत्रकार सङ्गठनहरूले छुट्टाछुट्टै गठबन्धन गरेर प्यानलसहित उम्मेदवारी दिएका छन् । सत्तारूढ दल निकट नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले साझा प्यानल बनाएका छन् भने विपक्षी दल निकट प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन, क्रान्तिकारी प्रेस सङ्गठन, जनपत्रकार सङ्गठन, प्रगतिशील पत्रकार […]