#शिक्षा #समाचार #समाज #स्थानीय तह

इलाममा पर्यटन पत्रकारिता तालिम

इलामको सूर्योदय नगरपालिकाको करफोकमा पर्यटन पत्रकारिता तालिम सुरु भएको छ ।

पत्रकारहरुको क्षमता विकासका लागि तीन दिने तालिम सुरु भएको हो ।नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना, पर्यटन पत्रकार मञ्च झापाको समन्वय तथा पर्यटन कार्यालय काँकरभिट्टाको सहकार्यमा भएको तालिमको एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य महेश बस्नेतले तालिमको उद्घाटन गरेका छन् ।

पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव चन्द्र भण्डारी, पर्यटन कार्यालय काँकरभिट्टाका पर्यटन अधिकृत निरोज कट्टेल, करफोक खलंगा सामुदायिक होमस्टेका परिकल्पनाकार चन्द्र सापकोटा, पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डे लगायतले शुभकामना व्यक्त गरेका थिए ।

उपाध्यक्ष सुब्रत न्यौपानेले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव तिलक योञ्जनले गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *