कनकाई नदीले बाँसकाे पुल बगायाे

बिर्तामाेड । हुलाकी राजमार्गअन्तर्गत कन्काई नदीकाे बाँसकाे अस्थायी पुल बाढीले बगाएकाे छ । वर्षौँअघि निर्माण सुरु भएको पुल नबनेपछि समस्या परेका स्थानीयलाई आवतजावतमा सहजताका लागि बाँसको पुल बनाइएकाे थियाे ।
गएराति परेको वर्षापछि आएको बाढीले बाँसको पुल बगाएको हो । जसका कारण हुलाकी राजमार्ग अवरुद्ध बनेको छ । पूर्वपश्चिम राजमार्गमा एसियन हाइवे निर्माण गर्ने क्रममा बाटो भत्काइएपछि हुलाकी राजमार्गलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गर्ने गरिएको थियो ।
बाँसको पुलबाट ठुला सवारी साधनहरू आवतजावत गर्न नसके पनि अटोरिक्सा, सिटी सफारी, मोटरसाइकल, साइकल र पैदलयात्रीहरुले सहज रूपमा वारपार गरिरहेका थिए ।