#समाचार #समाज

कोकिनसहित २ जना भारती पक्राउ, दमकबाट प्रतिबन्धित औषधीसहित एक जना पक्राउ

झापा । 

झापाको दमक नगरपालिका–९ क्यामपस मोडबाट प्रतिबन्धित औषधीसहित एक जना पक्राउ परेका छन् ।  बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको  टोलीले आज (बुधवार) १२ः३० बजेको समयमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दमक नगरपालिका–९ देउराली टोलका १९ बर्षिय सागर कुमाल रहेका छन् । उनले पछाडी बोकेको भिर्ने कालो रङको झोला चेकजाँच गर्दा सो झोला भित्र बिक्री वितरण गर्ने उद्देश्यले बोकी हिडेको प्रतिबन्धित लागूऔषध जन्य औषधी फेला परेको थियो ।

उनको साथबाट म्ष्थकभ २० लेखेको ९ पत्ता ९० पिस, ट्रामाडोल ९ पत्ता ९० क्यापसुल फेला पारी कुमाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उक्त  प्रतिबन्धित लागूऔषध जन्य औषधी बरामद गरी सागर कुमालसमेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैगरी प्रहरीले लागूऔषध कोकिनसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सीमावर्ती कचनाकवल गाउँपालिका-४ बाट पक्राउ पर्नेहरुमा भारत विहार किसनगंज जियापोखर गिलाबारी बस्ने २३ वर्षीय मोहमद तौसिफ र उत्तर दिनाजपुर मजलिसपुर बस्ने २१ वर्षीय परवेज आलम रहेका छन् ।

गएराति  गाउँपालिकामा मोटर चोरी गर्न आउने क्रममा पक्राउ परेका ती भारतीयहरुसंग कोकिन फेला परेको हो । राति ८ः३० बजे झापा गाउँपालिका वडा नं। ४ का मोजिमिल मियाँको जग्गाको आसपासमा ती दुई भारतीयलाई शंकास्पद अवस्थामा फेला पारी सोधपुछ गर्दा उनीहरुले तजेमुल मियाँको खेतमा रहेको पानी तान्ने मोटर चोरी गरी मजमुल मियाँको जग्गामा लुकाई राखेको स्वीकार गरेका थिए ।

मोटर फेला परेपछि उनीहरुमाथि थप शंका लागेर शरीर तलासी लिँदा मोहमद तौसिफले लगाएको पेन्टको दाहिने गोजीमा प्लाष्टिकसहित १ ग्राम ४२० मिलिग्राम कोकिन फेला परेको हो । उक्त लागूऔषध र ३ हर्स पावरको पानी तान्ने मोटरसहित दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले बताए । उनले उनीहरुमाथि आवश्यक अनुसन्धान तथा कार्वाही भइरहेको जानकारी दिए ।

झापामा ब्राउनसुगर बरामद भइरहेपनि कोकिन खासै भेटिएको थिएन । केही महिनाअघि झापामा १ ग्राम ५६० मिलिग्राम चरेश बरामद भएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *