#राजनीति #विचार #समाचार #समाज

नेकपा एमालेको ‘युथ सेलिब्रेसनमा’ व्यापक जनसहभागिता

 काठमाण्डौं ।  भरत भाबुक प्रसाई , नेकपा एमालेको आयोजनामा हुने ‘युथ सेलिब्रेसन’ विशेष कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । दिउसो १ बजेबाट कार्यक्रम सुरुभएको कार्यक्रम  परिचालन समितिले जनाएको छ ।

‘युथ सेलिब्रेसन’ कार्यक्रममा ४ वर्षमुनिका एक लाख युवा एकैठाउँमा जम्मा हुने एमालेको दाबी  छ ।  कार्यक्रममा सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले संक्षिप्त रूपमा शुभकामना मन्तव्य राख्ने जनाइएको छ ।

यसैगरी, प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरकाकी उपप्रमुख सुनिता डंगोल, आनन्द सिंह, विष्णु पोखरेल, अश्विनी सेख, शिवकुमारी चौधरी, विशाल पुन, शर्मिला भण्डारीलगायत ४० वर्षमुनिका युवा वक्ताहरूले आफ्नो धारणा राख्ने छन् ।

यसको साथै विविध सांस्कृतिक कार्यक्रम सहित  युवाहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्  । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले विशेष कार्यक्रम गर्न लागेको हो ।

भृकुटीमण्डपमा हुने एकदिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरुलाई सहभागी हुन अपिल गरेको छ ।

झापा लगायत मुलुकका हरेक जिल्लाबाट उत्साहजनक  एमालेका युवा प्रतिनिधीहरुको उपस्थितीका बिच सम्पन्न गरिन लागिएको कार्यक्रममा कुनै अप्रिय घटना नघटोस भनी विशेष सर्तकता अपनाइएको नेकपा एमालेका सचिव योगश भट्टराईले बताउनु भयो ।

युवाहरुमा निराशा पैदा गर्दै नेपालमा केही गर्न सकिदै भन्ने भाष्यको बिकास भइरहेको बेलामा यस कार्यक्रमले युवाहरुलाई सचेत गराउने सचिव भट्टराईले बताउनु भयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *