#राजनीति #समाचार

प्रधानमन्त्रीसँग भारतीय राजदूत श्रीवास्तवको भेट : छिमेकी देशविरुद्ध नेपालको भूमि प्रयोग गर्न नदिने प्रधानमन्त्रीद्वारा स्पष्ट

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको भेटमा भारतको जम्मूकाश्मीर पहलगाममा गएको वैशाख ९ अर्थात् २२ अप्रिल २२ तारिखमा भएको आतङ्कवादी आक्रमण र यसबाट उत्पन्न पछिल्लो तनावसँगै विकसित घटनाक्रमबारे राजदूत श्रीवास्तवले प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको थियो ।

श्रीवास्तवले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही मात्र गरेको तर ‘जेट हमला’ गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गर्नुभयो । उहाँले पछिल्लो घटनाका सम्बन्धमा नेपाल सरकारबाट हिजो सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गर्नुभएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडानअनुरूप आतङ्कवादी आक्रमणको भत्र्सना गर्नुभयो । उहाँले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी देशविरुद्ध नेपालको भूमि प्रयोग गर्न नदिने स्पष्ट पार्नुभएको छ ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *