बिर्तामोड उद्योग वाणिज्य संघको व्यवसायी सदस्य राहत कोषको कार्यविधि सार्वजनिक

झापा, असार १९ । बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायी सदस्य राहत कोषको कार्यविधि सार्वजनिक गरेको छ ।
एक वर्ष अगाडि कार्यविधि बनाएर संघले एक करोड रुपैयाँ बरावरको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ व्यवसायी सदस्य राहत कोष स्थापना गरेको थियो ।
विहीवार संघले पत्रकार सम्मेलनको आयोजना गर्दै कोष स्थापनाको उद्देश्य सहितको राहत कोषका लागि तयार पारिएको कार्यविधि सार्वजनिक गरेको हो ।
संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कोषका संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’ले कोषमा हालसम्म जम्मा भएको रकम सार्वजनिक गरेका थिए । उनका अनुसार व्यवसायिक सदस्य राहत कोषमा २० लाख ४५ हजार १ सय ९१ रूपैयाँ जम्मा भएको छ ।
संघका विशिष्ठ सदस्य निर्मल भट्टराईले स्वागत गरेको कार्यक्रममा कार्यविधि कोषाध्यक्ष युवराज निरौलाले बाचन गरेका थिए ।
व्यवसायिक सदस्य राहत कोषमा हालसम्म ५६ जनाले सहयोग गरेको बताइएको छ । व्यवसायीहरूले आफ्नो जन्मदिन, वैवाहिक बर्षगाठल, पितृको स्मृति लगायतमा राहत कोषमा रकम प्रदान गर्दै आएको अध्यक्ष न्यौपानेको भनाई छ ।