रघुजी पन्त शिक्षामन्त्री नियुक्त

काठमाण्डाै – नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुनुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिशमा राष्ट्रपति रामचन्द्र पाैडेलले पन्तलाई आज शिक्षामन्त्री नियुक्त गर्नुभएकाे हाे ।
शिक्षामन्त्री विद्या भट्टराईले अस्ति सोमवार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदका लागि सरकारले आजै पन्तको नाम सिफारिश गरेको थियाे । पन्तकाे शपथ ग्रहण भाेलि हुनेछ ।
राष्ट्रपतिकाे कार्यालयले नियुक्ति, हेरफेर र कार्यविभाजनसहितको मन्त्रिपरिषद् पुनर्गठनको सूची सार्वजनिक गरेको छ ।