श्रीमद्भागवत गीतामा नैतिक शिक्षाको खोजी बिषयक एक दिवसीय कार्यक्रम सम्पन्न

कनकाई । भरत भाबुक प्रसाई , बाल चेतनामा गीता ज्ञान समृद्व बनोस कनकाई हाम्रो अभियान भन्ने मुलनाराका साथ सरस्वती बाल सञ्जाल क्लबको आयोजनामा श्रीमद्भागवत गीतामा नैतिक शिक्षाको खोजी बिषयक विद्यार्थी लक्षित कार्यक्रम सम्पन्न भएको छ ।
कनकाई नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमको नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो । कारितास नेपाल र कनकाई नगरपालिकाको आर्थिक सहयोग रहेको कार्यक्रमलाई फक्तालुङ एजुकेशन फाउन्डेसनले अन्य सहयोग गरेको थियो ।
।कनकाई नगरपालिका वडा नम्वर ७ भित्रका बालबालिकालाई नैनिक शिक्षाको बोध गराउन कार्यक्रमको आयोजना गरिएको सरस्वती वडा बाल संजाल का निवर्तमान अध्यक्ष रिजन तिम्सिनाले बताउनु भयो ।
कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै तिम्सिनाले नैतिक शिक्षाले बाल मनोविज्ञापनमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले यस किसिमको कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
कनकाई नगरपालिकामा पहिलो पटक यस किसिमको कार्यक्रमको आयोजना गरिएको बताउर्दै ससक्त सचेत र संस्कारी स्वभावको बिकास गर्न सर्वप्रथम बालबालिकामा नैतिकता आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी तथा कनकाई नगरपालिकाका नगर प्रमुख राजकुमार पोखरेलले बालबालिबालाई पठन संस्कृतिको साथै धर्म र आचरणको बारेमा पनि बेला–बेलामा ज्ञान दिन आवश्यक रहेको बताउनु भयो ।
सरस्वती बाल सञ्जाल क्लबका अध्यक्ष निरज सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कनकाई नगरपालिकाका उप–प्रमुखआशा शर्मा शिवाकोटी, कनकाई नगरपालिका बाल कल्याण अधिकारी उमानाथ ढकाल, वडा नम्वर ७ का कार्यवाहक वडाध्यक्ष निर्मल आङथुप्पो , वडा सचिव तुलसा थापा,कनकाई नगरपालिकाका शिक्षा शाखा प्रमुख राजकुमार ओडारि, फक्तालुङ एजुकेशनका प्रधानाध्यापक ओम बिक्रम नेम्बाङ,पत्रकार लगायत वडा नम्वर ७ का २ विद्यालयका गरि १ सय भन्दा बढी बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा श्रीमद्भागवत ज्ञाता पण्डित होमराज न्यौपानेले विद्यार्थीहरुसमक्ष हिन्दु दर्शन र श्रीमद्भागवतको सार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सरस्वती बाल सञ्जाल क्लबकी सचिव दिपमला लामिछानेले बताउनु भयो । कार्यक्रममा सहभागी बालबालिकाले बाल क्लबले आयोजना गरेको कार्यक्रमहरु मध्ये पृथक रहेको प्रतिक्रिया दिएका थिए ।
बाल क्लबका निर्वमान अध्यक्ष रजिन तिम्सिनाको कार्यकालमा गरिएको काम समेटिएको डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।