हङकङ र लाओससँगको फुटबलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

हङकङसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र लाओससँगको एएफसी एशियन कप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।
राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक म्याट रसले हङकङ र लाओससँगको खेलका लागि आज ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
नेपालले हङकङसँग जुन ५ मा मैत्रीपूर्ण खेल र एशियन कप छनोटमा जुन २० मा लाओससँग खेल्दैछ । नेपालले ३७ वर्षपछि हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । यसअघि
नेपाल र हङकङले सन् १९८८ मा एएफसी एशियन कपमा प्रतिस्पर्धा गरेको थिए । त्यो खेल गोलरहित बराबरीमा सकिएको थियो । यस्तै नेपालले पछिल्लो पटक गएको मार्च २५ मा एशियन कप छनोटमा घरेलु टोली मलेशियासँग खेलेको थियो । त्यो खेलमा नेपाल २–० गोलले पराजित भएको थियो ।