सडकको अवस्था बिग्रिँदा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या घट्यो

चितवन – चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । गएकाे आर्थिक वर्षको तुलनामा यस वर्षको चैतसम्ममा पर्यटकको सङ्ख्यामा कमी आएको हो ।
गएकाे आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी पर्यटकले निकुञ्ज घुमेका थिए । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्षको चैतसम्ममा एक लाख ८२ हजार दुई सय २७ जना पर्यटकले निकुञ्ज घुमेका छन् । गएकाे आर्थिक वर्षमा दुई लाख ५० हजार तीन सय ३७ जनाले निकुञ्ज घुमेका थिए ।
चालू आर्थिक वर्षको चैतसम्म नेपाली ९२ हजार आठ सय ९०, सार्कका १६ हजार सात सय ९८ र तेस्रो देशका ७२ हजार पाँच सय ३९ जना पर्यटकले निकुञ्ज घुमेका छन् । गएकाे आर्थिक वर्षको तुलनामा यस वर्ष आन्तरिक पर्यटकको सङ्ख्यामा ठूलो गिरावट आएको तथ्याङ्कले देखाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्या र सफारी गर्ने जीप सङ्ख्यामा कमी आउँदा राजस्वसमेत घटेको बताउनुभयो ।
यद्यपि निकुञ्जमा भीडभाड नभएको वन्यजन्तुका लागि राम्रो हुने उहाँको भनाइ छ ।
गएकाे आर्थिक वर्षमा यो अवधिमा २८ करोड २६ लाख राजस्व सङ्कलन भएकामा यस वर्ष २३ करोड ६४ लाख ९९ हजार रुपैयाँमात्र राजस्व सङ्कलन भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले कोभिड–१९ पछि मानिसमा क्रयशक्ति कमजाेर बन्नु र कोभिडपछि उकुसमुकुस भएका धेरै पर्यटक गएकाे वर्ष निकुञ्ज घुमेकाले यस वर्ष सङ्ख्या घटेको हुनसक्ने अनुमान गर्नुभयो । उहाँले भन्नुभयो, ‘जुनसुकै क्षेत्रमा पनि उच्च तहमा पुगेपछि क्रमशः घट्दै जान्छ ।’
निकुञ्जभित्रको घाँसे मैदान व्यवस्थापन समयमा हुन नसक्दा दुर्लभ वन्यजन्तु हेर्न नपाएकाले पनि केही हदसम्म पर्यटक घटेको हुनसक्ने उहाँको भनाइ छ ।
क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष गुणराज थपलिया मुख्य रूपमा बाटोको कारण पर्यटक आगमनमा कमी आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘सडक र आकाशबाट आउनै कठिन छ ।
कसरी पर्यटक आउँछन् ?’ चितवनबाट भैरहवा, काठमाण्डाै र पोखरा तीनैतर्फको सडकको स्तरोन्नति हुँदै गरेकाले सहज नहुँदा पर्यटक नआएका उहाँ बताउनुहुन्छ । जहाजबाट आउँदा समयमा उडान नहुने र भाडा महँगाे भएको थपलियाको भनाइ छ ।
Kikma
08th May 2025गएको आर्थिक वर्षमा निकुञ्जमा पर्यटकको सङ्ख्या बढेको तथ्याङ्कले खुशी दिन्छ। तर, चालू वर्षमा पर्यटक सङ्ख्या घटेकोले चिन्ता बढाएको छ। कोभिड–१९ पछि क्रयशक्ति कमजोर भएकोले यसले पर्यटक सङ्ख्यामा ठूलो असर गरेको देखिन्छ। निकुञ्जमा भीडभाड नभएकोले वन्यजन्तुका लागि राम्रो भए पनि पर्यटक बिना राजस्व घटेकोले समस्या देखिएको छ। सडक र आकाशबाट आउन कठिन भएकोले पनि पर्यटक आगमनमा कमी आएको छ। के निकुञ्जले पर्यटकलाई आकर्षित गर्न केही नयाँ योजना ल्याउने छ? यसले पर्यटक सङ्ख्या बढाउन मद्दत गर्छ कि?
Sports
09th May 2025पछिल्लो आर्थिक वर्षमा निकुञ्जमा पर्यटकको सङ्ख्या घटेको तथ्याङ्कले चिन्ता बढाएको छ। यसले निकुञ्जको आर्थिक स्थितिमा ठूलो असर पारेको देखिन्छ। कोभिड–१९ पछि मानिसहरूको क्रयशक्ति कमजोर भएकोले यो समस्या बढेको हुन सक्छ। निकुञ्जभित्रको घाँसे मैदान व्यवस्थापनमा समस्या भएकोले पनि पर्यटक घटेको हुन सक्छ। सडक र आकाशबाट आउन कठिन भएकोले पर्यटक आगमनमा कमी आएको छ। के निकुञ्जले पर्यटकलाई आकर्षित गर्न नयाँ रणनीति अपनाउनुपर्छ?